८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जेलमा रहेका इरानी र्यापर सालेही जमानतमा रिहा

जेलमा रहेका इरानी र्यापर सालेही जमानतमा रिहा
अ अ+ अ-

तेहरान । हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको स्थानीय मिडियाले बताएको छ ।

महिलाहरूका लागि कडा पोशाक नियमको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया इरानी कुर्द अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको प्रदर्शनको समर्थन गरेको आरोपमा सन् २०२२ अक्टोबरमा ३२ वर्षीय तुमाज सालेहीलाई पक्राउ गरिएको थियो ।

जुलाईमा सालेहीमाथि ‘भ्रष्टाचार’ को आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो । भ्रष्टाचार इरानको सबैभन्दा गम्भीर अपराधमध्ये एक हो र यसमा अधिकतम सजाय मृत्युदण्डको प्रावधान छ ।

र्यापर सालेहीका वकिल अमिर राइसिनले इरानको सुधारवादी अखबार सार्गलाई भन्नुभयो, “पुनरावेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सजायमा त्रुटिहरू फेला पारेको थियो र सालेहीलाई जमानतमा रिहा गर्न आदेश दियो ।”

सालेहीको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा रातभरि पोस्ट गरिएको एक तस्बिरमा उहाँलाई सेतो फूलहरूको गुच्छा समातेर जेलबाट बाहिरिएको देखाइएको छ ।

सालेहीविरुद्ध लगाइएका आरोपहरूमा इन्टरनेटमा भ्रम छरेको, राज्यविरुद्ध प्रचार गरेको, मानिसहरूलाई हिंसाका लागि उक्साएको र इरानको शत्रुतापूर्ण सरकारको सहयोगमा सुरक्षामा बाधा पुर्याउने उद्देश्यले अवैध समूहहरू गठन गरेको रहेका छन् ।

इरानी अधिकारीहरूले गत वर्षको विरोध प्रदर्शनलाई विदेशीले उक्साएको ‘दङ्गा’ भनेका छन् । सन् २०२२ सेप्टेम्बर १६ मा अमिनीको मृत्युपछि भएका महिनौँको अशान्तिले दर्जनौँ सुरक्षाकर्मी र सयौँ मानिस मारिएका थिए । साथै हजारौँलाई पक्राउ गरिएको थियो । सुरक्षा बलविरुद्ध हत्या र अन्य हिंसासम्बन्धी मुद्दामा सात जनालाई मृत्युदण्ड दिइएको छ ।