२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३ हुने



ढोरपाटन
अ+ अ-

गण्डकी । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा ‘प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । बागलुङस्थित नेपालकै एकमात्र सिकार आरक्षमा यही मङ्सिर ८ गतेदेखि ९ गतेसम्म सेमिनार हुन लागेको हो ।

खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको अभिवृद्धि, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै सिकार आरक्षको पर्यटन प्रवद्र्धन एवं तेक्वान्दो आइटिएफÞ खेलको महत्त्व जनमानसमा पुर्‍याउने लक्ष्यका साथ सेमिनार आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष घमबहादुर थापाले जानकारी दिनुुभयो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको समन्वय एवं ढोरपाटन नगरपालिकाको सहयोगमा गर्न लागिएको सेमिनारमा विभिन्न जिल्ला र प्रदेशबाट करिब चार सय खेलाडीको सहभागिता हुने उहाँले बताउनुुभयो ।

सेमिनारलाई भव्यताका साथ सम्पन्न गर्न मूल आयोजक समितिका संयोजक थापाको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ । रासस