२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३ हुने



ढोरपाटन
अ+ अ-

गण्डकी । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा ‘प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । बागलुङस्थित नेपालकै एकमात्र सिकार आरक्षमा यही मङ्सिर ८ गतेदेखि ९ गतेसम्म सेमिनार हुन लागेको हो ।

खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको अभिवृद्धि, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै सिकार आरक्षको पर्यटन प्रवद्र्धन एवं तेक्वान्दो आइटिएफÞ खेलको महत्त्व जनमानसमा पुर्‍याउने लक्ष्यका साथ सेमिनार आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष घमबहादुर थापाले जानकारी दिनुुभयो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको समन्वय एवं ढोरपाटन नगरपालिकाको सहयोगमा गर्न लागिएको सेमिनारमा विभिन्न जिल्ला र प्रदेशबाट करिब चार सय खेलाडीको सहभागिता हुने उहाँले बताउनुुभयो ।

सेमिनारलाई भव्यताका साथ सम्पन्न गर्न मूल आयोजक समितिका संयोजक थापाको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ । रासस