• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ?

टिकटक प्रकरण: नागरिकको मुख थुन्ने प्रयास – वरिष्ठ अधिवक्ता भट्टराई



काठमाडौं । कानून व्यवसायीहरुले सरकारले नागरिकको मुख थुन्ने प्रयास गरेको आरोप लगाएका छन् ।

आज केही कानून व्यवसायी, अधिकारकर्मी तथा कलाकारहरुले सरकारले संवैधानिक सीमा उल्लंघन गरेर टिकटक माथि प्रतिबन्ध लगाएको ठहर गरेका छन् ।

छलफलमा सहभागी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले न्यूजपोलारसंग भन्नुभयो, “संवैधानिक सीमा उल्लंघन गरेर त्यो पनि कार्यकारी आदेशको भरमा टिकटक प्रतिबन्धको बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई नियमन होइन निषेध गर्ने सरकारी आदेश स्वीकार्य छैन भन्ने मतमा सहमत हुनेहरुको प्रतिनिधिमूलक अनौपचारिक बैठकमा हाम्रो एउटै स्वर भयो ।”

उहाँले भन्नुभयो, “तिमी जतिसुकै माथि होउ याद गर तिमी भन्दा माथि कानुन छ ।”

सरकारले नेपालको सामाजिक सदभावमा खतरा निम्तिएको भन्दै गत कार्तिक २७ गते नेपालमा टिकटक संचालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयले संविधानद्वारा प्रत्याभूत मौलिक हकमा आघात एवं कुण्ठा पुग्न गएकोले बदरको माग गर्दै सर्वोच्च अदालतमा १० ओटा रिट दर्ता भएको छ । रिटको सुनुवाई सोमबार हुँदैछ ।

टिकटकले नेपाल सरकारलाइ पत्र लेख्दै सरकारले अघि सार्ने जायज विषयलाइ सम्बोधन गर्न तयार रहेको जनाएको छ ।