२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक प्रकरण: नागरिकको मुख थुन्ने प्रयास – वरिष्ठ अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौं । कानून व्यवसायीहरुले सरकारले नागरिकको मुख थुन्ने प्रयास गरेको आरोप लगाएका छन् ।

आज केही कानून व्यवसायी, अधिकारकर्मी तथा कलाकारहरुले सरकारले संवैधानिक सीमा उल्लंघन गरेर टिकटक माथि प्रतिबन्ध लगाएको ठहर गरेका छन् ।

छलफलमा सहभागी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले न्यूजपोलारसंग भन्नुभयो, “संवैधानिक सीमा उल्लंघन गरेर त्यो पनि कार्यकारी आदेशको भरमा टिकटक प्रतिबन्धको बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई नियमन होइन निषेध गर्ने सरकारी आदेश स्वीकार्य छैन भन्ने मतमा सहमत हुनेहरुको प्रतिनिधिमूलक अनौपचारिक बैठकमा हाम्रो एउटै स्वर भयो ।”

उहाँले भन्नुभयो, “तिमी जतिसुकै माथि होउ याद गर तिमी भन्दा माथि कानुन छ ।”

सरकारले नेपालको सामाजिक सदभावमा खतरा निम्तिएको भन्दै गत कार्तिक २७ गते नेपालमा टिकटक संचालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयले संविधानद्वारा प्रत्याभूत मौलिक हकमा आघात एवं कुण्ठा पुग्न गएकोले बदरको माग गर्दै सर्वोच्च अदालतमा १० ओटा रिट दर्ता भएको छ । रिटको सुनुवाई सोमबार हुँदैछ ।

टिकटकले नेपाल सरकारलाइ पत्र लेख्दै सरकारले अघि सार्ने जायज विषयलाइ सम्बोधन गर्न तयार रहेको जनाएको छ ।