• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी

योगशको स्पष्टिकरण: मंसिर ७ लाई यसरी बुझौ



फाईल फोटो

काठमाडौं । नेकपा एमाले सचिब योगेश भट्टराईले मंसिर ७ गते कुनै पार्टी वा व्यक्तिप्रति लक्षित नभएर सरकारको ध्यानाकर्षण र सरकारसंगका प्रश्नमा केन्द्रित रहेर विशेष कार्यक्रम आयोजना गरिएको गर्न लागिएको जनाउनु भएको छ ।

सोही दिन व्यवसायी दुर्गा प्रसाईले पनि प्रर्दशन गर्न लागेको र एमाले प्रर्दशन प्रसाई केन्द्रित हुन लागेको भन्दै आलोचना भएपछि सचिव भट्टराईले सामाजिक संञ्जालमार्फत स्पष्टिकरण दिनु भएको हो ।

मंसिर ७ गते गतेको कार्यक्रमलाई देशप्रेमी, लोकतन्त्रप्रेमी तथा न्यायप्रेमी नेपालीहरुको साझा कार्यक्रमका रूपमा पनि सचिव भट्टराईले आग्रह गर्नुभएको छ ।

उहाँल लेख्नुभएको छ –

मंसिर ७ का बारेमा यसरी बुझौ

नेपाल राष्ट्र र बहुदलीय लोकतान्त्रिक ब्यवस्थालाई माया गर्ने सबै ब्यक्ति, संस्था तथा राजनीतिक शक्तिहरुलाई नेकपा एमालेले मित्र ठान्दछ ।

नेकपा एमालेको बुझाइमा

१. राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाउनेहरु नेपालीका शत्रु हुन ।

२. बहुदलीय लोकतान्त्रिक ब्यबस्थामाथि धावा बोल्नेहरु नेपालीका शत्रु हुन ।

३. भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, कमिशनखोरी नेपालीका शत्रु हुन ।

४. अराजकता, साम्प्रदायीकता, बिखण्डनबाद नेपालीका शत्रु हुन ।

५. धार्मिक अतिबाद, उग्रवामपन्थी अतिवाद तथा दक्षीणपन्थी अतिवाद नेपालीका शत्रु हुन ।

६. अशिक्षा, गरिबी, अविकास, पछौटेपन, रोग, बेरोजगारी अग्रगतीका चुनैती र नेपालीका शत्रु हुन ।

उपरोक्त मुद्धाहरु सिंगो राष्ट्रका साझा सवाल हुन ।

प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकार उपरोक्त बिषयलाई सार्थक संबोधन गर्न र सकारात्मक आशावाद जागृत गर्न असफल भएको छ ।

कतिपयले सरकारको असफलतालाई व्यवस्था र प्रणालीको असफलताका रुपमा चित्रण गरी मूलुकलाई राजनीतिक अस्थिरताको अनन्त चक्रब्यूहमा फसाउन खोजिरहेका छन ।

नेकपा एमाले जसले यो व्यवस्था, प्रणाली र संविधान ल्याउन नेतृत्व गर्यो उसले आजको यो अवस्थाप्रति वेखबर रहन मिल्दैन ।

उपरोक्त सवालमा जनतालाई सुसुचित गर्नु, सिंगो राष्ट्रलाई एकताबद्ध बनाउनु, बलियो नेतृत्व, बलियो पार्टी र बलियो राष्ट्रका

माध्यमबाट आम जनतामा क्रान्तिकारी आशावादको रक्त संचार गर्नु र निष्कर्षमा सम्मृद्ध नेपाल, शुखी नेपालीको राष्ट्रिय

आकांक्षालाई पुरा गर्नु नेकपा एमालेको जिम्मेवारी हो ।

मंसिर ७ गते नेकपा एमाले सम्बद्ध जनसंगठनहरुले संयुक्त रुपमा आह्वान गरेको सडक प्रदर्शन यिनै बिषयमा केन्द्रित रहेको छ । रहने छ ।

कुनै पार्टी वा व्यक्तिप्रति लक्षित नभएर सरकारको ध्यानाकर्षण र सरकारसंगका प्रश्नमा केन्द्रित रहेर मंसिर ७ गते विशेष कार्यक्रम आयोजना गरिएको हो ।

तसर्थ: मंसिर ७ गते गतेको कार्यक्रमलाई देशप्रेमी, लोकतन्त्रप्रेमी तथा न्यायप्रेमी नेपालीहरुको साझा कार्यक्रमका रूपमा बुझ्नु पर्दछ । बुझाउनु पर्दछ ।