• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने ★   भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु ★   चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ ★   पुछारको गुजरातले चौंथो स्थानको चेन्नईसँग खेल्दै ★   मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान ★   काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली ★   नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण ★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

प्रेस युनियनद्वारा १५ विभाग गठन



काठमाडौँ :  नेपाल प्रेस युनियनले पन्ध्र वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई पन्ध्र विभागमा संयोजकको जिम्मेवारी दिनुभएको हो ।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभाग आज गठन गरिएको हो ।  प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासन विभागको जिम्मेवारी पाउनुभएको छ ।

उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दीपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवर्द्धन, माधव अर्यालले आचारसंहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाउनुभएको हो ।

त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवर्द्धन, अनिलकुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्द्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल सङ्गठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाउनुभएको छ । विभागका संयोजकले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास, सङ्गठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताउनुभयो ।

विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो । रासस