• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

हेटौंडाको हुप्राचौरमा झाडीमा सालनाल सहितको बच्चा भेटियो



काठमाडौं । हेटौंडाको हुप्राचौर सालनाल सहित बच्चा फेला परेको छ । बच्चा रोहीरहेको आवास सुनेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

सालनाल सहितको बच्चा यत्तिकै झडीमा फालिदिदाँ शिशुको खुट्टा र हात कोतारिएको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको आश्रमले जनाएको छ ।

हेटौंडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक इशा थापाले बताउनु भयो ।

बच्चा कसले सडकमा ल्याएर फ्याल्यो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक रुद्र पराजुलीले बताए ।