२ मंसिर २०८१, आईतवार
,
Latest
काठमाडौँ–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता अवरुद्ध टेलिकमको सेवा सञ्चालनमा जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ? आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा समुद्री सतहमुनि रहेको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’ टेलिकमको अवरुद्ध सेवा सञ्चालन कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु



अ+ अ-

ढोरपाटन । बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ । रासस