१० असार २०८३, बुधबार
,
Latest
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप सेमिफाइनल: अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा बर्षा बाधक



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा बर्षा बाधक बन्दा खेल रोकिएको छ । इडेन गार्डेन कोलकातामा दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहेको बेला पानि परेपछि खेल रोकिएको हो । खेल १४ ओभरमा ४४/४ को स्थितीमा रोकिएको छ ।

दक्षिण अफ्रिकाकाले पहिलो विकेटमा कप्तान टेम्बा बभुमालाई गुमाएको थियो । उनी चार बलमा शुन्य रन बनाएर मिचेल स्टार्कको बलमा आउट भए । त्यसैगरी दोस्रो विकेटमा क्विन्टन डि कक आउट भए । उनी जोश हेजलवुडको बलमा ३ रन बनाएर आउट भए ।

तेस्रो विकेटमा एडेन मार्कराम (१०) र चौथोमा भानडेर डुसेन (६) आउट भए । यस्तै हेनरिच क्लासेन र डेबिड मिलर समान १०/१० रनम क्रिजमा छन् ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो। दक्षिण अफ्रिकाले पनि सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ ।