• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

विश्वकप सेमिफाइनल: अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा बर्षा बाधक



एजेन्सी । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा बर्षा बाधक बन्दा खेल रोकिएको छ । इडेन गार्डेन कोलकातामा दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहेको बेला पानि परेपछि खेल रोकिएको हो । खेल १४ ओभरमा ४४/४ को स्थितीमा रोकिएको छ ।

दक्षिण अफ्रिकाकाले पहिलो विकेटमा कप्तान टेम्बा बभुमालाई गुमाएको थियो । उनी चार बलमा शुन्य रन बनाएर मिचेल स्टार्कको बलमा आउट भए । त्यसैगरी दोस्रो विकेटमा क्विन्टन डि कक आउट भए । उनी जोश हेजलवुडको बलमा ३ रन बनाएर आउट भए ।

तेस्रो विकेटमा एडेन मार्कराम (१०) र चौथोमा भानडेर डुसेन (६) आउट भए । यस्तै हेनरिच क्लासेन र डेबिड मिलर समान १०/१० रनम क्रिजमा छन् ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो। दक्षिण अफ्रिकाले पनि सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ ।