• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

अष्ट्रेलियाको कसिलो बलिङ, दक्षिण अफ्रिकाले १० ओभरमा २ विकेट गुमाएर १८ रन बनायो



एजेन्सी । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पावरप्लेमा कसिलो बलिङ गरेको छ ।

इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १० ओभरमा २ विकेट गुमाएर जम्मा १८ रन बनाएको छ ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा चार बलमा शुन्य रन बनाएर मिचेल स्टार्कको बलमा आउट भए । त्यसैगरी दोस्रो विकेटमा क्विन्टन डि कक आउट भए । उनी जोश हेजलवुडको बलमा ३ रन बनाएर आउट भए । अहिले एडेन मार्कराम (१०) र रस्सि भानडेर डुसेन (५) क्रिजमा रहेका छन् ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो। दक्षिण अफ्रिकाले पनि सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ ।