६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको कसिलो बलिङ, दक्षिण अफ्रिकाले १० ओभरमा २ विकेट गुमाएर १८ रन बनायो



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पावरप्लेमा कसिलो बलिङ गरेको छ ।

इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १० ओभरमा २ विकेट गुमाएर जम्मा १८ रन बनाएको छ ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा चार बलमा शुन्य रन बनाएर मिचेल स्टार्कको बलमा आउट भए । त्यसैगरी दोस्रो विकेटमा क्विन्टन डि कक आउट भए । उनी जोश हेजलवुडको बलमा ३ रन बनाएर आउट भए । अहिले एडेन मार्कराम (१०) र रस्सि भानडेर डुसेन (५) क्रिजमा रहेका छन् ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो। दक्षिण अफ्रिकाले पनि सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ ।