१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सांस्कृतिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो’–राष्ट्रपति



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले शुभकामना जारी गरी नेपालीहरूको महान् चाड तिहार, २०८० को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुराको कामना गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो, त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो ।” नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको छ । यस्ता पर्वमध्ये दसैँ/तिहार हिन्दूहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ ।

बडा दसैँमा शक्तिकी स्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा तथा आराधना गरी मनाइने चलन छ । मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धकास्वरूप गोवद्र्धन पर्वत, मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न गाई, कुकुर, कागलगायत जनावरको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइबीचको अटुट सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ ।

गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्वपूर्ण कडिका रूपमा यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्ह:पूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्वपूर्ण पक्ष हो । ‘तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वासका साथ पुन: तिहार पर्व, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु’ उहाँले भन्नुभएको छ । रासस