२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु हुँदैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साह्रानिय रहेको बताउनु भयो । उहाँले नेपाल संवत राष्ट्रिय संवत भएकाले सबै मिलेर मनानुपर्ने बताउनु भयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको कामलाई उच्च सम्मान गर्दछु । आम नेपाली जनतालाई जुनसुकै समुदायको भएपनि नेपाल संवत हामी सबैको साझा संवत हो । राष्ट्रिय संवत हो । त्यसकारण यसलाई मनाउने कुरामा कुनै खालको संकीर्णता हामी कसैले देखाउनु हुँदैन । तपाईहरुले निरन्तर उठाएको आवाजका आधारमा नेपाल संवत राष्ट्रिय संवतको रुपमा घोषणा गरेँ । नेपाल संवतलाई राष्ट्रिय संवत भनेर मात्रै पुग्दैन, कार्यान्वयन गर्नुपर्छ भनेर निर्णय गरेको छु । नेपाल संवतलाई सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गर्न गरिएको निर्णय हो ।’

प्रधानमन्त्री दाहालले देशको मौलिकता र संस्कृतिलाई अघि बढाउँदै लैजानुपर्ने बताउनु भयो ।

तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय