२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्पष्टोक्ति: सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनुपरेको बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खललपार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको बताउनु भयो ।

उहाँले १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रिया अघि बढाएको बताउनु भयो । टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको स्पष्टोक्ति थियो ।

उहाँले भन्नुभयो, ‘हिजो क्याबिनेटका निर्णयहरु चाहे १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रियाको निर्णय होस्, हिजै हाम्रो देश भूकम्प र अरु प्राकृतिक प्रकोपबाट जोखिमयुक्त देश छ, त्यसकारण आवासको समस्या समाधान गर्न विज्ञहरुबाट अध्ययन गराउने कुरादेखि आवास बीमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरिएको छ । यो सम्पूर्ण नेपालीका लागि नयाँ कदम हुनेछ । समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने ? भन्ने विषयमा लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रमुख प्रतिपक्षसमेत । सबैको लामो बहस र सहमति पछि समेत, अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन उद्देश्यले गरेको हो । यो बहस हुँदै जाला । यसमा मत र विमति पनि होलान् । सरकारको उद्देश्य म प्रधानमन्त्री हुँदा नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको छु ।’

प्रधानमन्त्री दाहालले सोमवारको मन्त्रीपरिषद् बैठकले आवासको समस्या समाधान गर्न विज्ञहरुबाट अध्ययन गराउनेदेखि आवास बीमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरेको समेत बताउनु भयो ।

तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय