• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भारत र न्यूजिल्याण्डमा कुन टोली बलियो ? यस्तो छ तथ्यांक



एजेन्सी । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ मा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली प्रतियोगितामा अपराजित रहने एकमात्र टोली हो ।

अर्कोतर्फ लगातार चार खेलमा हार बेहोरेको न्यूजिल्याण्डले श्रीलंकालाई हराउँदै सेमिफाइनलको टिकट बुक गरेको थियो । आईसीसी प्रतियोगिताको नकआउट खेलमा जिल्याण्डले जहिले पनि भारतलाई हराउँदै आएको छ ।

विश्वकपमा न्यूजिल्याण्डको दबदबा
भारत र न्यूजिल्याण्ड एकदिवसीय विश्वकपमा अहिलेसम्म कुल १० पटक आमनेसामने भएका छन् । जसमध्ये न्यूजिल्याण्डले ५ खेल जितेको छ । यस्तै, भारतीय टोलीले चार खेल जितेको छ । एक खेल अनिर्णित रह्यो । सन् २००३ यता भारतले आईसीसी प्रतियोगितामा न्युजिल्याण्डलाई एक पटक मात्र पराजित गरेको छ । भारतको यो जित यसै विश्वकपमा भएको हो ।

एकदिवसीयमा भारतको दबदबा
भारत र न्यूजिल्याण्डबीच एकदिवसीय खेलको तथ्याङ्क हेर्दा भारतले यहाँ वर्चस्व कायम गरेको छ । ५० ओभरको ढाँचामा दुवै टोली कुल ११७ पटक आमनेसामने भएका छन् । जसमध्ये भारतीय टोलीले ५९ खेल जितेको छ भने न्यूजिल्याण्डले ५० खेल जितेको छ ।

७ खेलको नतिजा भने आएन । भारत र न्यूजिल्याण्डबीच भएको पाँच ओडीआई खेलमध्ये चार खेलमा भारतले जित निकालेको छ ।

भारतीय टोलीले न्यूजिल्याण्डलाई विश्वकप २०२३ मा एक पटक पराजित गरिसकेको छ । धर्मशालामा भएको खेलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।