२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक बन्द गर्नु प्रचण्ड सरकारको तानाशाही मनोवृत्ति — सांसद शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद डा. सुनिलकुमार शर्माले नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो सरकारले प्रतिबन्ध लगाउनु लोकतन्त्रमा नागरिकको “अभिव्यक्ति तथा वैयतिक स्वतन्त्रता” माथि अंकुश लगाएको प्रतिक्रिया दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै उनले सरकारको निर्णयको विरोध गरेका हुन् ।

सांसद शर्माले भने, “प्रचण्ड सरकारको यो चरम तानाशाही र अधिनायकवादीशैली हो, नेपाललाई उत्तर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति हो । यसको म घोर आतत्ति र भ्रत्सना गर्दछु ।” उनले सूचना तथा सञ्चारको प्रयोग र मिडियामाथि अंकुश लगाउने कार्यमा सरकार उद्दत भएको बताए ।

“अहिलेको प्रविधिको युगमा कोहि कसैले सूचना प्रविधिको गलत प्रयोग गरेको भए त्यसलाई ऐनकानुन निर्माण गरेर पनि नियमन र निरुत्साहित गर्न सकिन्छ । तर, टिकटक बन्द नै गर्नु लोकतन्त्रको उपहास हो ।” उनले भने । सांसद शर्माले नागरिकको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रताप्रति सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए ।

नागरिकको मौलिक हक अधिकारमाथि प्रतिबन्ध लगाएर सरकारले हतोत्साहित गर्न खोजेको हुँदा सरकारको निर्णयले प्रजातन्त्र र लोकतन्त्र कमजोर बन्ने टिप्पणी गरेका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिएर नागरिकको मौलिक हक अधिकारको प्रत्याभूत गर्नुपर्ने उनको भनाई छ ।