१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन: फूल व्यवसायी

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन: फूल व्यवसायी
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुखेको पोखेका छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीको लागि स्थान तोकेर सो स्थानहरुबाट फूल बिक्री भइरहेको छ । तर सो स्थानमा फूल बिक्री गरिरहेका किसानहरुले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन् । सोमवार भृकुटीमण्डपका फूल व्यापारीहरुले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भएपनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरुप बिक्री हुन नसकेको बताएका हुन् । व्यापारी मंगेश लिम्बूले आफूहरु मार्कामा परेको बताउनु भयो । फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भएपनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो । विज्ञापन १५ दिन अघि गरेको भए व्यापारी र किसानहरुलाई मार्का पर्ने थिएन । जानकारी भएको भए फूल किन्न आउनुहुन्थ्यो । यहाँ राख्नु धेरै राम्रो तर विज्ञापन गर्न ढिलाइ भयो । बाहिर फुटपाथमा राख्नु भन्दा यसरी व्यवस्थापन गरेकै राम्रो ।’

त्यस्तै काभ्रे कोशिपारीबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो गर्नुभयो । उहाँले गाडी भाडा समेत नउठेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई गाडी भाडासम्म छैन । उल्टै ऋण गरेर जानुपर्ने भयो । यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्‍यो जस्तो लाग्छ ।’

त्यस्तै ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र बिष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दु:खेसो गर्नुभयो । उहाँले अझैपनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘किसानले फूल खोलामा फालेर हिँड्नुपरेको । नेपाली उत्पादनलाई अपहेलना गरिएको छ । नेपाली उत्पादन सम्भावनाभित्र नरहेको । सरकारको ध्यान जानु आवश्यकता छ । उत्पादन भएको बजारीकरणको समस्या भएकोले किसानको दु:खदायी अवस्थामा भएको छ ।’

उहाँले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको बताउनु भयो ।