१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

तिहारमा नागरिकका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौं: काठमाडौं प्रहरी

तिहारमा नागरिकका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौं: काठमाडौं प्रहरी
अ अ+ अ-

काठमाडौँ । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ ।

दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो ।

आईतवार काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नुभयो । उहाँले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गर्नुभयो । उहाँले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गर्नुभयो । उहाँले सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताउनु भयो । उहाँले सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो ।

उहाँले काठमाडौंमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय नतोकिएको बताउनु भयो । उहाँले प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकि अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताउनु भयो । महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले राती १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताउनु भयो । उहाँले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ तिहारको संघारमा हामी छौं । दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम हुन्छ वा जहाँ चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर दशैंको जस्तै विभिन्न सुरक्षा प्रवन्ध मिलाएका छौं । सुरक्षा प्रवन्ध गर्नु नागरिक दायित्व पनि हुन्छ । प्रहरी प्रधानकार्यालय र उपत्यका प्रहरी कार्यालयले सार्वजनिक रुपमा तिहार जस्ता पर्वहरुमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले मनाउन आग्रह गर्दछौं । जथाभावी पट्याका पड्काउँदा आतेस बाजी हुने,आगलागी हुने जस्ता घटना,लक्ष्मी पुँजा बहुमूल्य गहरगहना प्रदर्शन गर्ने जस्ता कुराहरुलाई मध्येनगर गरी अपिलहरु गरेका छौं । काठमाडौंवासी आमाबुबा दिदीबहिनीहरुलाई सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि हो । त्यसैले प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेका छौं र सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी राखेका छैनौं ।’

‘काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय तोकेका छैनौं । प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ घण्टा सौभार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको छ । तर नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ । राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो । चाडपर्व तथा अन्य विषयमा सुरक्षा प्रवन्ध गर्ने जिम्मा नेपाल प्रहरीले पाएको हुन्छ ।’

‘सुरक्षाको लागि प्रहरीले के गर्दा नागरिक सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रयास गर्छौं । विशेष सुरक्षा योजना बनाएर रातीसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरी सुरक्षा बढी नै परिचालन गरिनेछ । भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएका छौं । आम नागरिकको सुरक्षा दिनु राज्यको जिम्मेवारी हो । नेपाल प्रहरी यसको लागि सक्षम छ । कसैले कुनै समय तोकेर अवरोध गर्न खोज्नुभयो भने नेपाल प्रहरीको १०० र काठमाडौं प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सक्नुहुनेछ ।’

उहाँले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताउनु भयो । उहाँले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो।