• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

इजरायल घटनाले चुँडिएको मन: विदेसिने सपना त्यागेर गाउँमै खेती



काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए ।

पढाईसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता इजरायल घटनापछि भने हच्किएका छन् । पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका अग्रज सहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुडिएको छैन, वर्षौं देखिको उनको सपना समेत तुहिएको छ । पढ्दापढ्दै इजरायल गएका साथीहरुले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात भने अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् ।

विदेश नजाने निधोमा आफुलाई पुर्‍याएका छन् । उनी भन्छन्, ‘चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाई जाँदा मैले स्थानीय स्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनि विदेसिने समयलाई पछि सारेको थिए । के हुन्थ्यो हुँदैन थियो कसलाई के थाहा । उनी गुमाउनुपरेका साथीभाई सँगको अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् । ’

इजरायल घटनापछि मन चुडिएको बताउने अमन अब विदेसिने आफ्नो सपना सपनामै सिमित भएको बताउँछन् । उनी भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै ब्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु । ’

हुनत: हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए । त्यसबेला अनुसन्धान तथा सिकाईका रुपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यवसायिक खेतीका रुपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् । गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालिन रुपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार ।

अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुगेका छन् । आफू अध्ययनकै क्रममा रहेको र विदेसिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने बिस्तार गर्ने सोचमा रहेको अमनले बताए । उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए ।

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औंल्याए । सरकारले किसानको हकहीतमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यवसायिक रुपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।