२ मंसिर २०८१, आईतवार
,
Latest
कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको मनोनयन दर्ता सुरु व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने थप एक जना पक्राउ नेपाल–भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव हात्तीको आक्रमणबाट मृत्यु रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल मनपरी हवाई भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित थ्री नेसन्स कप : अफगानिस्तानविरुद्ध नेपालको शानदार जित लमजुङ दरबार निर्माण कार्य ठप्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल घटनाले चुँडिएको मन: विदेसिने सपना त्यागेर गाउँमै खेती



अ+ अ-

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए ।

पढाईसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता इजरायल घटनापछि भने हच्किएका छन् । पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका अग्रज सहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुडिएको छैन, वर्षौं देखिको उनको सपना समेत तुहिएको छ । पढ्दापढ्दै इजरायल गएका साथीहरुले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात भने अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् ।

विदेश नजाने निधोमा आफुलाई पुर्‍याएका छन् । उनी भन्छन्, ‘चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाई जाँदा मैले स्थानीय स्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनि विदेसिने समयलाई पछि सारेको थिए । के हुन्थ्यो हुँदैन थियो कसलाई के थाहा । उनी गुमाउनुपरेका साथीभाई सँगको अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् । ’

इजरायल घटनापछि मन चुडिएको बताउने अमन अब विदेसिने आफ्नो सपना सपनामै सिमित भएको बताउँछन् । उनी भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै ब्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु । ’

हुनत: हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए । त्यसबेला अनुसन्धान तथा सिकाईका रुपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यवसायिक खेतीका रुपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् । गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालिन रुपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार ।

अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुगेका छन् । आफू अध्ययनकै क्रममा रहेको र विदेसिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने बिस्तार गर्ने सोचमा रहेको अमनले बताए । उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए ।

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औंल्याए । सरकारले किसानको हकहीतमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यवसायिक रुपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।