• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति

प्रिमियर लिग : आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी



इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।

आर्सनलले गृह मैदान इमिरेट्स स्टेडियममा पाहुना टोली बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । आर्सनलका लागि लियान्ड्रो ट्रोसार्ड (४६), विलियम सालिभा (५७) र ओलेक्सान्ड्रो जिन्चेन्को (७४) ले गोल गरेका थिए ।
बर्नलीका लागि एकमात्र गोल जस ब्राउनहिलले ५४औं मिनेटमा गरेका थिए ।

यो जितसँगै आर्सनल १२ खेलबाट २७ अंक बनाएर लिगमा दोस्रो स्थानमा उक्लेको छ । उल्भ्ससँग पराजित भएको टोटेनह्याम भने तेस्रो स्थानमा झरेको छ । पहिलो स्थानमा भने समान २७ अंक रहेको म्यान्चेस्टर सिटी छ ।

उता, हिजै राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले यसै सिजनमा प्रिमियर लिगमा भित्रिएको लुटोनलाई संघर्षपूर्ण खेलमा १–० गोलले पराजित गरेको थियो ।

निकै आक्रामक खेल प्रस्तुत गरे पनि युनाइटेडका लागि एकमात्र गोल लिन्डेलोफले गरेका थिए । यो जितसँगै युनाइटेड १२ खेलबाट २१ अंकका साथ लिगको छैटौं स्थानमा छ ।

अन्य खेलमा बर्नमाउथले न्यूक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने एभर्टनले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले हराएको थियो ।