१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।

आर्सनलले गृह मैदान इमिरेट्स स्टेडियममा पाहुना टोली बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । आर्सनलका लागि लियान्ड्रो ट्रोसार्ड (४६), विलियम सालिभा (५७) र ओलेक्सान्ड्रो जिन्चेन्को (७४) ले गोल गरेका थिए ।
बर्नलीका लागि एकमात्र गोल जस ब्राउनहिलले ५४औं मिनेटमा गरेका थिए ।

यो जितसँगै आर्सनल १२ खेलबाट २७ अंक बनाएर लिगमा दोस्रो स्थानमा उक्लेको छ । उल्भ्ससँग पराजित भएको टोटेनह्याम भने तेस्रो स्थानमा झरेको छ । पहिलो स्थानमा भने समान २७ अंक रहेको म्यान्चेस्टर सिटी छ ।

उता, हिजै राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले यसै सिजनमा प्रिमियर लिगमा भित्रिएको लुटोनलाई संघर्षपूर्ण खेलमा १–० गोलले पराजित गरेको थियो ।

निकै आक्रामक खेल प्रस्तुत गरे पनि युनाइटेडका लागि एकमात्र गोल लिन्डेलोफले गरेका थिए । यो जितसँगै युनाइटेड १२ खेलबाट २१ अंकका साथ लिगको छैटौं स्थानमा छ ।

अन्य खेलमा बर्नमाउथले न्यूक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने एभर्टनले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले हराएको थियो ।