१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः टोटेनह्याम हस्पर उल्भ्ससँग पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा टोटेनह्याम हस्पर नाटकीय ढंगबाट उल्भ्ससँग पराजित भएको छ ।

निर्धारित ९० मिनेटसम्म टोटेनह्यामले १–० गोलको अग्रता बनाएर जित नजिक थियो । तर इन्जुरी समयको ९१ र ९६ औं मिनेटमा उल्भ्सका तर्फबाट उत्कृष्ट गोल भएपछि खेल रोमाञ्चक बनेको थियो ।

उल्भ्सका लागि ९१ औं मिनेटमा माथियस कुन्हाको पासमा पाब्लो साराबियाले सुन्दर गोल गरेका थिए । लगत्तै ९६औं मिनेटमा पाब्लो साराबियाका पासमा मारियो लेमिनाले दोस्रो गोल गरेर उल्भ्सलाई महत्वपूर्ण जित दिलाए ।

यसअघि पहिलो हाफको तेस्रो मिनेटमै टोटेनह्यामका लागि ब्रेनान जोन्सनले गोल गरेर अग्रता दिलाएका थिए ।

यो हारसँगै टोटेनह्याम लिगमा तेस्रो स्थानमा झरेको छ । उल्भ्स भने १२ खेलबाट १५ अंकका साथ १२औं स्थानमा छ ।

आजै आर्सनल र बर्नली, क्रिस्टल प्यालेस र एभर्टन, म्यान्चेस्टर युनाइटेड र लुटोन बीच खेल भइरहेको छ । बर्नमाउथ र न्यूक्यासलबीचको खेल पनि आजै राति हुँदैछ ।