२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिलिमिली बत्तिले खुलेको नक्साल क्षेत्र



अ+ अ-

काठमाडौं । आजबाट तिहार सुरु भएको छ । तिहारसंगै जतासुकै फूल तथा बिभिन्न किसिमको बत्तिको झकिझाउन देख्न सकिन्छ ।

भोली आईबतबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिदैछ । लक्ष्मीपूजाको अगिल्लो दिन काठमाडौं उपत्यकाका निकै उज्यालो देखिएको छ ।

काठमाडौंका अग्ला स्थानहरु चोभार ,चन्द्रागिरी स्वयम्भू, कीर्तिपुर आदि क्षेत्रबाट उज्यालो र झिलिमिली उपत्यकाका देख्न सकिन्छ ।

काठमाडौका प्रमुख व्यापारिक केन्द्रहरु झकिझकाउ भएका छन् भने बिभिन्न टोलहरु लाई स्थानीयले झिलिमिली बनाएका छने । यसै अन्तरगत काठमाडौ महानगरपालीका वडा नं १ अन्तरगतको नक्साल टोल निकै आकर्षक देखिएको छ ।

default

नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठ , ज्यापुटोल जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलिप खडगी ,हरिहर समाजको अध्यक्ष शुभरत्न खड्गी , नागपोखरीका प्रतिनिघि मनोज ताम्रकारको अगुवाईमा बत्तिको व्यवस्थापन गरिएको हो ।

स्थानीय प्रशान्त रजकले  भन्नुभयो “उज्यालोको पर्ब का नक्साल क्षेत्रलाई कुनै कसर बाँकि नराखी सजाएका छौ, अध्यारो रातमा बालिएको बत्तिले यो क्षेत्र निकै मनमोहक भएको छ ।”

फोटो- रबिन खाकी