२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकाका शक्तिपीठ: रङ्गीचङ्गी बत्तीले सजिएको नक्साल भगवती



अ+ अ-

काठमाडौँ ।  नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकामा रहेका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ । राष्ट्रप्रमुखले विभिन्न शक्ति पीठको दर्शन गर्ने क्रममा पहिलो पुग्ने शक्तिपीठ नक्साल भगवती मन्दिरमा पनि रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।

बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा साँझ बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रमुख शक्तिपीठमध्येको एक शक्तिपीठलाई स्थानीयले राम्रोसँग संरक्षण गरेका छौँ, अझ दसैको बेला बढी भक्तजनको उपस्थिति हुने समयमा मन्दिरलाई सरसफाइसँगै आकर्षक बनाउन रङ्गीचङ्गी बत्तीले सजाएका छाैँ । जसले गर्दा बिहान मन्दिरमा दर्शन गर्न आउने भक्तजन साँझ फोटो खिच्न आउनुहुन्छ ।”

सोह्र भुजायुक्त देवीको मूर्ति रहेको भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको ठूलो आस्था रहेको मन्दिरका पुजारी निलिक महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति भक्तजनको ठूलो आस्था छ ।”

हिजो आज दसै को समय भएकाले साँझको समयमा त झन मन्दिर साच्चिकै सुन्दर देखिएको प्रशान्त रजकले जानकारी दिनुभयो । “मन्दिर सुन्दर देखिएको छ”, उहाँले भन्नुभयो, भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको आस्था रहेको पाइन्छ ।”

यो मन्दिरको स्थापना लिच्छविकालमा भएको किम्बदन्ती रहेको छ । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन् । यी तीनवटी देवीलाई दिदीबहिनी मान्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।