• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

पाकिस्तान उपाधिको रेसबाट आउट, न्युजिल्यान्ड सेमिफाईनलमा



काठमाडौँ । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा अहिले पाकिस्तान र इङ्गल्याण्ड खेल्दैछन् । इङ्गल्याण्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सात ओभर सकिदा २ विकेट गुमाएर ३० रन बनाएको छ । यससगै पाकिस्तानको सेमिफाईनल खेल्ने सपना सकिएको छ ।

सामान्य जित मात्र पर्याप्त नभएको पाकिस्तानलाई सेमिफाईनलमा पुग्न ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गर्नुपर्ने थियो । अन्तिम खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गरेको न्युजिल्यान्डको नेट रन रेट ०.७४ छ । न्युजिल्यान्डलाई उछिन्दै ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गरे मात्र पाकिस्तानले सेमिफाईनलमा स्थान बनाउन बनाउन सक्थ्यो ।

यस्तै, आजको खेल इङ्ल्यान्डको लागि पनि महत्वपूर्ण रहेको छ । जारी विश्वकपको सातौ स्थानमा रहेको इङ्ल्यान्ड पाकिस्तानलाई हराउदै २०२५ को च्याम्पियन्स ट्रफीमा सहभागि नाम दर्ता गराउन चाहन्छ ।

विश्वकपको सेमिफाइनलमा यसअघि नै भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया पुगिसकेको छ । सेमिफाइनल यात्रा तय गरेको न्युजिल्यान्डले भारतसँग खेल्नेछ । यस्तै, अर्को सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्नेछन्।