१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्सको शानदार शतकमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो



अ+ अ-

एजेन्सी । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा मिचेल मार्सको शानदार शतकमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । जितको लागि ३ सय ७ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो ।

अस्ट्रेलियाको लागि मार्सले नटआउट रहँदै १ सय ७७ रन बनाए । उनले १ सय ३२ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । उनलाई स्टिभ स्मिथले ६३ रन बनाउँदै अन्तिमसम्म साथ दिए । ओपनर डेभिड वार्नरले ५३ रन बनाए ।

यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको थियो । बंगलादेशका लागि तौहिद हृडोयले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । आजका कप्तान रहेका नजमुल हसन शान्तोले ५७ बलमा ६ चौका प्रहार गर्दै ४५ रन जोडे । त्यसैगरी, ओपनर तान्जिद हसन र लिट्टन दास दुवैले ३६ रन बनाए ।  मोहम्मदुल्लाहले ३२ रन बनाए भने मेहदी हसन मिराजले २९ रन बनाए ।

अस्ट्रेलियाका लागि सन एबट र एडम जाम्पाले २–२ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । बंगलादेशका अन्य तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।

बंगलादेश यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको भने अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।