• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर

सेमिफाईनलमा पुग्न पाकिस्तानले ६.४ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने



एजेन्सी । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा आज इङ्गल्याण्डले पाकिस्तानलाई सेमिफाईनलमा पुग्न ३ सय ३८ रनको लक्ष्य दिएके छ । अब पाकिस्तानलाई सेमिफाईनलमा पुग्न ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गर्नुपर्ने हुन्छ ।

विश्वकपको सेमिफाइनलमा यसअघि नै भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया पुगिसकेको छ । अब न्युजिल्यान्ड र पाकिस्तान मध्ये एक टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्तिम खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गरेसँगै न्युजिल्यान्डको नेट रन रेट ०.७४ छ । न्युजिल्यान्डलाई उछिन्दै सेमिफाईनलमा स्थान बनाउन पाकिस्तानले ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गर्नुपर्ने हुन्छ । सामान्य जितमा मात्रै पाकिस्तान सेमिफाईनलमा पुग्न सकदैन ।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८४ रन बनाए । त्यस्तै, जो रुटले ६० तथा डेभिड मलानले ३१ र ह्यारी ब्रुकले ३० रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले २–२ विकेट लिए ।