२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा हल्का वर्षा



अ+ अ-

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिनुभयो । “उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन”, उहाँले भन्नुभयो, “अबको दुई/तीन घण्टामा वर्षा रोकिएर काठमाडौँको आकास खुल्नेछ ।”

पछिल्लो एक घण्टामा काठमाडौँ बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताउनुभयो । मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उहाँले जानकारी दिनुभयो ।

आज बिहान लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले बदली र वर्षा गराएको महाशााले उल्लेख गरेको छ ।  रासस