२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितलाई कृषि विकास बैंकको ५० लाख



अ+ अ-

काठमाडौँ  । कृषि विकास बैंक लिमिटेडले जाजरकोटका भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

गत कात्तिक १७ गते राति ११:४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं।१ रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो ।

राष्ट्रिय विपदको यस दु:खद घडीमा खोज, उद्धार र राहतकालागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायतास्वरुप कृषि विकास बैंकल संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पचास लाख रुपैयाँको चेक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

बैंकले कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको खाता नं। ०१००२०१००२९०७०१४ मा उक्त रकम जम्मा गरेको छ । उक्त चेक कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंकले भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।

कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकमजम्मा गरेको थियो ।