१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पाकिस्तानलाई सेमिफाइनलमा पुग्न चमत्कारको आवश्यक

पाकिस्तानलाई सेमिफाइनलमा पुग्न चमत्कारको आवश्यक
पाकिस्तानी बलर शाहिन अफ्रिदी
अ अ+ अ-

एजेन्सी । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा आज पाकिस्तानले इङ्गल्याण्डको सामना गर्दैछ । कोलकाताको इडेन गार्डेनमा हुन लागेको निर्णायक खेल नेपाली समयअनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ । आजको खेल दुबै टोलीको लागि महत्त्वपूर्ण रहेको छ । पाकिस्तान आजको खेलमा इङ्ल्यान्डलाई भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न चाहन्छ । उता, इङ्ल्यान्ड पनि पाकिस्तानलाई हराउदै २०२५ को च्याम्पियन्स ट्रफीमा सहभागि नाम दर्ता गराउन चाहन्छ ।

विश्वकप २०२३ को सेमिफाइनलमा स्थान सुरक्षित गर्नका लागि पाकिस्तानलाई इङ्ल्यान्डलाई जित्नु मात्रै होइन, बलियो अन्तरले पराजित गर्न आवश्यक छ। पाकिस्तानले पहिले ब्याटिङ रोजेमा इङ्ल्यान्डलाई २८७ रनको अन्तरले पराजित गर्ने चुनौतीपूर्ण कामको सामना गर्नुपर्नेछ। पाकिस्तानले सेमिफाइनलमा पुग्नको लागि आवश्यक लक्ष्य पूरा गर्ने प्रयास गर्दा प्रत्येक रन र लिएको प्रत्येक विकेट महत्वपूर्ण हुन्छ।

आजको भिडन्तमा भाग्यको खेल हुनेछ । कौशल, रणनीति र विश्व मञ्चमा सफलताको लागि दौडिरहेका यी दुई क्रिकेट टोलीको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएकोे छ ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न चमत्कारको जरुरत

विश्वकपको सेमिफाइनलमा यसअघि नै भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया पुगिसकेको छ । अब न्युजिल्यान्ड र पाकिस्तान मध्ये एक टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्तिम खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गरेसँगै न्युजिल्यान्डको नेट रन रेट ०.७४ पुगेको छ र सेमिफाइनलको दौडमा रहेको पाकिस्तानभन्दा निकै अगाडि बढेको छ ।

पाकिस्तानले सेमिफाइनलमा पुग्न निकै कठिन समीकरणलाई पार गर्नुपर्ने हुन्छ । टोलीले जितेर मात्रै नभई नेट रन रेट न्युजिल्यान्डभन्दा राम्रो हुनसक्ने ठुलो अन्तरले हुनुपर्छ । पाकिस्तानले अन्तिम लिग खेल इंग्ल्याण्डसँग खेल्दैछ । तर सामान्य जितले मात्र पाकिस्तानलाई सेमिफाइनलमा पुग्न सक्दैन किनकि उसले नेट रन रेटमा न्युजिल्यान्डलाई पछाडि छोड्नुपर्नेछ।

त्यसैले अहिले समीकरण यस्तो छ कि यदि इंग्ल्यान्डले पहिले खेल्दै ३०० रन बनायो भने पाकिस्तानले ६.१ ओभरमा मात्र लक्ष्य पूरा गर्नुपर्नेछ। यसको मतलब पाकिस्तानी ब्याट्सम्यानले प्रत्येक बलमा ६ रन बनाए पनि त्यति ओभरमा २२२ रन मात्रै बनाउन सक्नेछन् । पाकिस्तानले इंग्ल्याण्डलाई १०० रनमा अलआउट गरे पनि २.५ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै ३ सय रन बनायो भने इंग्ल्याण्डलाई १३ रनमा अलआउट गर्नुपर्नेछ । अर्थात् सेमिफाइनलमा पुग्न पाकिस्तानले इंग्ल्याण्डलाई २८७ रनको ठुलो अन्तरले पराजित गर्नुपर्नेछ ।