१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.49

Wind: 2.06

Humidity: 59

Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर रुकुमलाई केन्द्रविन्दू बनाएर गयो भूकम्प गोर्खा भूकम्पको १० वर्ष पूरा, प्रधानमन्त्रीको आतिथ्यतामा धरहरामा कार्यक्रम गरिँदै पाल्पामा पुरुषको शव फेला अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा जग्गा नहुँदा अस्पताल विस्तारको योजना रोकिएको छ : मन्त्री पौडेल ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ-प्रकाशमान सिंह शिक्षक आन्दोलनमा सर्वोच्चको आदेश: ३ दिनभित्र समाधान निकाल (पूर्णपाठ) सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार तथा छठ बिदामा पनि मानव अधिकार आयोग खुला रहने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् । कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।

आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झै यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ । रासस