८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कुमाल जातिको सीपको कदर हुने बेला

कुमाल जातिको सीपको कदर हुने बेला
fie photo
अ+ अ-

धनुषा । दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ ।

अघिपछिको समयमा फुर्सदिला बनेका उनीहरु दीपावली, तिहारजस्ता चार्डपर्वहरु आएपछि व्यस्त हुने गरेका छन् । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दसैँ सकेलगत्तै कुमालहरु माटाका भाँडा बनाउन दिनरात नभनी जुटेका छन् । चाडपर्वका बेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पूरा गर्न यतिबेला कुमाले निकै व्यस्त देखिन्छन् ।

दीपावली (तिहार) र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को) सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषासहित तराईका जिल्लाहरुका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाईको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन् ।

“अन्य चाडपर्वमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैँ टारियो”, क्षीरेश्वरनाथ नगरपालिका–८ इच्छापुरका कुमाले टोलका सुरेन्द्र पण्डित कुमालले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ । दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सुरेन्द्रको थप भनाइ छ ।

अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको माग बढेको देखिन्छ । कुमाल जातिले परम्परादेखि माटोको भाँडा बनाउँदै आए पनि अहिलेका युवा पुस्ताले परम्परागत पेसालाई नअपनाएपछि बजारको मागअनुसार धान्न गाह्रो भएको उनीहरु बताउँछन् ।

दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मी पूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ ।

माटोको दियो तथा अन्य माटोको भाँडा बनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–हरैयामा बसोबास गर्ने कुमालेहरु यतिबेला व्यस्त भएको देखिन्छ । उनीहरुले बनाएका माटाका भाँडाहरु सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामदेखि महोत्तरीको बर्दिवाससम्म बिक्री वितरण हुने गरेको छ ।

दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँ, नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हाट बजारबाहेक नगरगाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाँडाको बजार लगाउन सुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादव बताउनुहुन्छ । उहाँले मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको बताउनुभयो ।

विष्णु पण्डित कुमालेको अनुसार आफूले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष जति भयो । हजुरबुबाहरुबाट आफूले यो सीप सिकेर माटाका भाँडा बनाउँदै बिक्री विवतरण गरिरहेको उहाँले बताउनुभयो । उहाँले एक दिनमा पाँच सय जति माटोको दिया बनाउने गरेको बताउनुभयो । चिने जानेकाले घरमा आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो । बढी जसो होलसेल पसलमा माटाका भाँडा बिक्री गर्ने गरेका पण्डितले बताउनुभयो । अहिले आफूसँग भए जतिको माटाका दियोहरु सबै बिक्री वितरण गरिसकेको उहाँले बताउनुभयो । उहाँले भाँडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दसैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आपूmहरुको उपयुक्त अवसर भएको बताउनुहुन्छ ।

यसपालि दसैँ सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहने भएकाले र मूल्य वृद्धिसमेत भएकाले यो छठ पर्वसम्म करिब रु १५ लाखभन्दा बढीको कारोबार हुने जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ बताउनुहुन्छ । कुमालेहरुको मुख्य पेसा माटाका भाँडा बनाउने रहे पनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेसालाई अवमूल्यन गरेका कारण चाडपर्वको बेला बढेको माग पूरा गर्न हम्मेहम्मे परेको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजारका ५५ वर्षीय लक्ष्मण पण्डित कुमालेले बताउनुभयो । सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवद्र्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उहाँको आशय छ ।

झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयको भन्दा बढी माटाको दियो धुपोउरोलगायत सामग्रीको माग हुने गरेको कारण यो समयमा कुमाले माटाका सामग्री बनाउन व्यस्त बनेका छन् । सखुवाबजार नयाँटोल बस्ने ६० वर्षीय जयनारायण पण्डितले माटोको भाँडाकुँडा बनाउँदा अरू बेलामा भनेजस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जनमै समस्या हुने गरेको बताउनुभयो । पुर्खाले अँगाल्दै आएको पेसालाई आफूहरुले छोड्न नसकिएको उहाँको भनाइ छ । भनेजस्तो आम्दानी नभए पनि सामान्य रुपमा घर खर्च चलिरहेको छ ।

केही वर्ष आगाडिसम्म माटाका भाँडा बनाउने पेसा अँगाल्दै आएका कुमालेहरु बढ्दो आल्मोनियम र प्लास्टिकका भाँडाहरुसँग माटाको भाँडाले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।प्लास्टिकका सामानहरु सस्तोमा पाउने तथा आफूहरुले प्रयोग गर्ने माटो, दाउरा र रङरोगनका सामग्रीको मूल्य बढेका कारण पेसालाई निरन्तरता दिन कठिनाइ भएको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दशरथप्रसाद पण्डितले बताउनुभयो । आफूहरुले ३६ किसिमका माटाका भाँडाहरु बनाउने गरेको उहाँको भनाइ छ । अहिले माटोलगायत बनाइएको सामग्रीहरु आगोमा पकाउनको लागि आवश्यक सबै सामग्रीहरु खरीद गर्नुपर्ने हुँदा लागत अनुसारको आम्दानी नहुने भएकाले युवा पुस्ताले परम्परागत पेशाप्रति उदासीनता देखाएको दशरथ पण्डितको भनाइ छ । अहिलेसम्म पुख्र्यौली पेसालाई आफूहरुले जसोतसो धाने पनि नयाँ पुस्ताले देखाएको उदासीनताका कारण भविष्यमा माटोको भाँडाको विकल्पमा अन्य भाँडाले ठाउँ लिनेमा यो समुदाय चिन्तित देखिन्छ ।

यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहेको पनि पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट जल्ने झिलीमिली बत्तीको प्रचलन बढ्दो छ । “केही वर्षअघि सम्म पाला नै धेरै प्रयोग गरिन्थ्यो,” आफ्नो बुबासँगै लामो समयदेखि पाला बनाउन सिकेका महेन्द्रनगरका ४५ वर्षीय रामदेव पण्डितले भन्नुभयोे, “अहिले चीनले प्लास्टिकका र बत्तीबाट जल्ने दियोको आकृतिका सामग्री बनाइदिएपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको छ ।” केही वर्ष पहिलासम्म तिहारमा मात्र रु एक लाख पाला बेच्ने गरेको अनुभव रामदेवले सुनाउनुभयो । रासस