२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले जनगुनासो सुन्न मंसिर २ देखि ४ गतेसम्म घरदैलो गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासो र सुझाव सुन्न मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्न लागिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । उनले भने, ‘निर्वाचन सकिएको एक वर्ष भएको छ । जनताका सुझाव सुन्न जान लागेका हौं । तपाईहरुसँगै छौ भन्न जान लागेका हौं ।’

यस्तै, रास्वपाले मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक बस्न लागेको महामन्त्री ढकालले जानकारी दिए । उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने उनले बताए ।