२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तराई भूभागमा मौसम सामान्यतया सफा रहेको र पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड तथा पारदर्शिता छ किलोमिटरभन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडका बीचमा रहने तथा काठमाडौँमा दिउँसोपछि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् झाले बताउनुभयो ।

आजराति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । रासस