• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

प्रदूषणको मारमा परेको दिल्लीमा के कृत्रिम वर्षा सम्भव होला ?



वायु प्रदूषणको चपेटामा भारतको राजधानी नयाँदिल्ली (फाइल तस्वीर)

भारतको राजधानी नयाँदिल्ली पछिल्ला केही हप्तादेखि वायू प्रदुषणका कारण चरम संकटमा छ । दिल्ली सरकारले शहरमा वायू प्रदुषण बढेको भन्दै स्कुल बन्द गर्नेदेखि सवारी साधनको जोरविजोरको व्यवस्था पनि गरेको छ ।
तर दिल्ली आसपासबाट आएको धुँवा र धुलो तत्कालै मत्थर हुने कुनै उपाय नभए पछि आम आदमी पार्टीको दिल्ली सरकार नयाँ उपायको खोजीमा लागेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार, दिल्ली सरकारले दिल्ली शहरमा कृत्रिम वर्षा गराउन पहल थालेको छ । सुन्दा पनि अचम्म लाग्ने यस अभियानलाई सफल तुल्याउन दिल्ली सरकारको एक प्रतिनिधिमण्डलले वैज्ञानिकहरुसँग परामर्श गर्न सुरु गरेको छ ।

दिल्ली सरकारका वातावरण मन्त्री गोपाल राइको नेतृत्वले टोलीले आइआइटी–कानपुरका वैज्ञानिकहरुसँग परामर्श गरेको छ । उनीहरु यही नोभेम्बर महिनाभित्रै दिल्लीमा कृत्रिम वर्षा गराउने योजनामा अघि बढेका छन् ।

मन्त्री राइका अनुसार आइआइटी–कानपुरका वैज्ञानिकहरुका अनुसार आगामी नोभेम्बर २१–२२ मा दिल्लीका आकाशमा बादल देखा पर्नेछ, र ४० प्रतिशत बादल देखिए वर्षा गराउन सकिने छ । तर यसका लागि सर्वोच्च अदालतको आदेश पर्खनु पर्नेछ ।

सिल्भर आयोडाइड क्रिस्टल जस्ता कणलाई बादलभित्र स्प्रे गरिने छ, र यसले हल्का बादलभित्र रहेका कणलाई बढी वजनदार र घना बनाउने छ जुन वर्षाका रुपमा जमिनमा खस्नेछ । आकाशमा देखिने बादलमा आद्र्रता हुनु पर्नेछ ।

अदालतको आदेश पाए नोभेम्बर २१–२२ का दिन आयोडाइड क्रिस्टललाई हवाई जहाज मार्फत दिल्लीका आकाशका देखिने बादलमा छर्किन (स्प्रे) गरिने छ, मन्त्री राइले बताउनुभयो ।

मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचक (एक्युआई) ५० भन्दा कम हुनु पर्दछ, तर दिल्लीमा अहिले यो ४०० भन्दा बढी छ । वायू प्रदूषणको अवस्था खतराको स्तरमा रहेमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामीलाई अति हानिकारक हुने गर्दछ ।