३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

प्रदूषणको मारमा परेको दिल्लीमा के कृत्रिम वर्षा सम्भव होला ?

प्रदूषणको मारमा परेको दिल्लीमा के कृत्रिम वर्षा सम्भव होला ?
वायु प्रदूषणको चपेटामा भारतको राजधानी नयाँदिल्ली (फाइल तस्वीर)
अ+ अ-

भारतको राजधानी नयाँदिल्ली पछिल्ला केही हप्तादेखि वायू प्रदुषणका कारण चरम संकटमा छ । दिल्ली सरकारले शहरमा वायू प्रदुषण बढेको भन्दै स्कुल बन्द गर्नेदेखि सवारी साधनको जोरविजोरको व्यवस्था पनि गरेको छ ।
तर दिल्ली आसपासबाट आएको धुँवा र धुलो तत्कालै मत्थर हुने कुनै उपाय नभए पछि आम आदमी पार्टीको दिल्ली सरकार नयाँ उपायको खोजीमा लागेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार, दिल्ली सरकारले दिल्ली शहरमा कृत्रिम वर्षा गराउन पहल थालेको छ । सुन्दा पनि अचम्म लाग्ने यस अभियानलाई सफल तुल्याउन दिल्ली सरकारको एक प्रतिनिधिमण्डलले वैज्ञानिकहरुसँग परामर्श गर्न सुरु गरेको छ ।

दिल्ली सरकारका वातावरण मन्त्री गोपाल राइको नेतृत्वले टोलीले आइआइटी–कानपुरका वैज्ञानिकहरुसँग परामर्श गरेको छ । उनीहरु यही नोभेम्बर महिनाभित्रै दिल्लीमा कृत्रिम वर्षा गराउने योजनामा अघि बढेका छन् ।

मन्त्री राइका अनुसार आइआइटी–कानपुरका वैज्ञानिकहरुका अनुसार आगामी नोभेम्बर २१–२२ मा दिल्लीका आकाशमा बादल देखा पर्नेछ, र ४० प्रतिशत बादल देखिए वर्षा गराउन सकिने छ । तर यसका लागि सर्वोच्च अदालतको आदेश पर्खनु पर्नेछ ।

सिल्भर आयोडाइड क्रिस्टल जस्ता कणलाई बादलभित्र स्प्रे गरिने छ, र यसले हल्का बादलभित्र रहेका कणलाई बढी वजनदार र घना बनाउने छ जुन वर्षाका रुपमा जमिनमा खस्नेछ । आकाशमा देखिने बादलमा आद्र्रता हुनु पर्नेछ ।

अदालतको आदेश पाए नोभेम्बर २१–२२ का दिन आयोडाइड क्रिस्टललाई हवाई जहाज मार्फत दिल्लीका आकाशका देखिने बादलमा छर्किन (स्प्रे) गरिने छ, मन्त्री राइले बताउनुभयो ।

मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचक (एक्युआई) ५० भन्दा कम हुनु पर्दछ, तर दिल्लीमा अहिले यो ४०० भन्दा बढी छ । वायू प्रदूषणको अवस्था खतराको स्तरमा रहेमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामीलाई अति हानिकारक हुने गर्दछ ।