४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

युएसएआईडीको सुआहारा परियोजनाद्वारा नेपालमा आमा र बालबालिकाको पोषण अवस्थामा सुधार

युएसएआईडीको सुआहारा परियोजनाद्वारा नेपालमा आमा र बालबालिकाको पोषण अवस्थामा सुधार
अ+ अ-

काठमाडौँ, नेपाल । सुआहारा २ “गुड न्युट्रिसन” परियोजनामार्फत पोषणमा युएसएआईडीले गरेको लगानीको परिणामस्वरूप नेपालमा आमा र बालबालिकाको पोषणको अवस्थामा सुधार आएको छ।

युएसएआईडीरनेपालको बहुक्षेत्रीय पोषण परियोजना सुआहारा २ भौगोलिक क्षेत्र र बजेटको हिसाबले नेपालमा युएसएआईडीको सबैभन्दा ठूलो परियोजना हो । ४२ जिल्लामा ७ वर्षसम्म कार्यान्वयन गरिएको उक्त परियोजनाको कुल अनुमानित लागत नौ करोड १४ लाख अमेरिकी डलर रहेको छ।

नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनाअनुरुप प्रमाणमा आधारित कार्यक्रमको कार्यान्वयनमार्फत सुआहारा २ ले नेपालीहरूको आहार र महत्त्वपूर्ण पोषण व्यहारहरुमा सकारात्मक परिवर्तन ल्याएको छ । सन् २०११ देखि २०१६ सम्म कार्यान्वयन भएको सुआहारा र सन् २०१६ देखि २०२३ सम्म सञ्चालित सुआहारा २ का उपलब्धि र सिकाइहरुको आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा यी उल्लेखनीय उपलब्धिहरू प्रस्तुत गरिएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  मोहनबहादुर बस्नेतले नेपालमा महिला तथा बालबालिकाको पोषण अभिवृद्धिमा युएसएआईडीको सुआहारा परियोजनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । “यी निष्कर्षहरूले हालै सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कलाई पनि पुष्टि गर्दछन् । रोचक कुरा के छ भने सुआहारा परियोजनाले छ महिना सम्मका शिशु हरुलाई पूर्ण स्तनपान गराउने दरमा पनि सुधार गरेको छ । जुन अभ्यास देशका अन्य भागहरूमा घट्दै गइरहेको छ यसले भावी पुस्ताका लागि पोषणमा सुधार ल्याउने दिशामा नयाँ चुनौती खडा गरेको छ ।”

एक स्वतन्त्र प्रभाव मूल्याङ्कनका अनुसार सुआहारा परियोजना कार्यान्वयन भएका जिल्लाका परिवारहरूले अन्य जिल्लाको तुलनामा स्तनपान र पूरक आहार अभ्यासमा उल्लेखनीय सुधार देखाएका छन् । उक्त परियोजना सञ्चालन नभएका जिल्लाहरूमा बस्नेको तुलनामा सुआहारा परियोजना कार्यान्वयन भएका जिल्लामा बस्ने बालबालिका र आमाहरूले बढी विविधतापुर्ण पौष्टिक आहार सेवन गरिरहेका छन्, गर्भजाँच गराउने महिलाहरुको संख्या बढी छ । र धेरै महिला र बालबालिकाले उचित पौष्टिक पूरक आहार सेवन गरिरहेका छन्, जुन उनीहरू र उनीहरूका बच्चाहरूको स्वास्थ्य सुनिश्चित गर्नका लागि महत्त्वपूर्ण छ ।

पौष्टिक आहार र हेरचाह अभ्यासहरूमा देखिएका सुधारहरूले गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरुमा कम तौलको समस्या घटाउनमा पनि योगदान पुर्‍याएका छन् । यसले गर्दा गर्भावस्था र बच्चा जन्मने समयमा जटिलताको जोखिम घटेको छ, शिशुको वृद्धि र विकासमा सुधार आएको छ र उनीहरूलाई नसर्ने रोग लाग्ने जोखिम पनि घटेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्राले सुआहारा परियोजनाले विद्यमान सरकारी संरचना र सामुदायिक मञ्चको उपयोग गरी कार्यक्रम सञ्चालन गरेकोले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको ज्ञान र क्षमता अभिवृद्धि भइ समुदायमा गुणस्तरीय पोषण सेवा र उपयुक्त परामर्श प्रदान गर्न सघाएको भन्दै परियोजनाको प्रशंसा गर्नुभयो । यस सहकार्यले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रणाली र मञ्चहरूलाई मजबुत बनाइ नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाएको वहाँले बताउनुभयो।

कार्यक्रममा युएसएआईडीका कार्यवाहक नेपाल निर्देशक कारेन वेल्शले सुआहारा २ को घरधुरी तथा समुदायस्तरसम्म पुग्ने विशिष्ट रणनीतिका कारण गर्भवती वा स्तनपान गराउने महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिका भएका करिब २२ लाख परिवारमा प्रभावकारी रूपमा पुग्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ूसुआहारा २ को उपलब्धिबाट पाठ सिकेर हामी नेपालमा महिला, शिशु र बालबालिकाको पोषण स्थिति सुधारको गति बढाउँदै प्रभावकारी र प्रमाणमा आधारित पोषण कार्यक्रमलाई विस्तार गर्न नेपाल सरकारलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौँ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र अन्य प्रमुख सरकारी निकायहरूसँगको निकट सहकार्यमा लागु गरिएको युएसएआईडीको सुआहारा २ परियोजनाले पोषणलाई स्वास्थ्य सेवा प्रवाह, परिवार नियोजन, पोषणयुक्त खाद्यपदार्थका लागि घरेलु खाद्यान्न उत्पादन, पोषण सुशासन र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसँग सफलतापूर्वक जोड्दै आएको छ । नेपालका ७७ जिल्लामध्ये ४२ जिल्लाका ३८९ वटै गाउँपालिका तथा नगरपालिकालाई समेटी सुआहारा २ परियोजनाले मुलुकको पोषण परिदृश्यमा उल्लेखनीय प्रभाव पारिरहेको छ ।