२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.12

Wind: 2.57

Humidity: 41

Latest
नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न सभापति लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ: शिशिर खनाल संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा चुनौतिका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धिः महासंघ अध्यक्ष सिंह अमेरिकाले लिएको पारस्पारिक भन्सार नीतिः नेपालले गर्नुपर्ने के हो ? सभापति लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार कार्यालय जाँदै पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प



symbolic picture of EARTHQUAKE
अ+ अ-

जाकर्ता । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।

युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११:५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो ।

इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।

“भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ”, सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले एएफपीलाई भन्नुभयो, “विशेषगरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ ।”

प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’ मा रहेका कारण इन्डोनेसियाले लगातार भूकम्पको अनुभव गर्दछ । जापानदेखि दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय गतिविधिको चाप हो ।

गत वर्ष नोभेम्बरमा मुलुकको मुख्य टापु जाभाको घना जनसङ्ख्या भएको पश्चिमी जाभा प्रान्तमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्पमा छ सय दुई जनाको मृत्यु भएको थियो ।

सन् २००४ मा सुमात्राको तटमा गएको नौ दशमलव एक म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै एक लाख ७० हजारसहित दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो ।