२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीको संसदीय समितिमा यी सांसद मनोनीत (नामसहित)



file photo
अ+ अ-

विराटनगर । कोशी प्रदेशसभामा संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ ।

प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको नाम टुङ्गो लागेको हो । प्रदेशसमा सात वटा संसदीय समिति रहेका छन् ।

सभामुखको निर्वाचनपछि संसदीय समिति सभापतिको टुङ्गो लगाउने दहरुको तयारी छ । प्रदेशसभाका ९३ जना सदस्य रहेका छन् ।

प्रदेशको न्याय प्रशासन तथा विधायन समितिमा अम्बरबहादुर विष्ट, खगेश्वरी पौडेल, गीता तिम्सिना, गोम्बु शेर्पा, भुपेन्द्र राई, रमेशकुमार बस्नेत, रामबहादुर राना मगर, ललिताकुमारी चौधरी, लिलाबल्लभ अधिकारी, विनोद राई, शिला दीक्षित कार्की र होमबहादुर थापा रहेका छन् ।

यस्तै, सुशासन तथा योजना समितिमा इन्दिरा थापा, इन्द्रबहादुर आङ्बो, उद्धब थापा, कमला दर्नाल, नारायणबहादुर मगर, निर्मला लिम्बू, भक्तिप्रसाद सिटौला, भूमिप्रसाद राजवंशी, मालतीकुमारी लिम्बू, मीना श्रेष्ठ, राजेन्द्रकुमार राई, राधाकृष्ण खनाल, लक्कीकुमारी गणेश, लिलाकुमारी राई र हिक्मतकुमार कार्की रहेका छन् ।

त्यसैगरी, अर्थ समितिमा गोपाल तामाङ, छविलाल चुँडाल, जीवन आचार्य, ज्ञानेन्द्र सुवेदी, तारादेवी ढकाल, बाबुराम गौतम, मानबहादुर लिम्बू, रामकुमार खत्री, रोहितबहादुर कार्की, विजयकुमार राई, विदुर कुमार लिङ्थेप, सविना बजगाईं र सुनिताकुमारी गुरुङ रहेका छन् ।

यस्तै, किशोरचन्द्र दुलाल, गीतारानी महतो, दुर्गाप्रसाद चापागाईं, पाँचकर्ण राई, प्रदीपकुमार सुनुवार, प्रेमराज थाम्सुहाङ, भीम पराजुली, यशोदा कायस्थ, रेवतीरमण भण्डारी, सदानन्द मण्डल र हिमाल कार्की सार्वजनिक लेखा समितिमा परेका छन् ।

सामाजिक विकास समितिमा इस्राइल मन्सुरी, गयानन्द मण्डल गनगाई, गीतादेवी रेग्मी, तिलचन पाठक, नम्बरलाल धिमाल, ममता तामाङ मगर, राजन किराती, रामदेव यादव, विद्या चाम्लिङ राई, शोभा चेम्जोङ, सपना दर्जी र सिर्जना राई रहेका छन् ।

उद्योग पर्यटन तथा वातावरण समितिमा उमाकान्त गौतम, कमला थापा मगर, खगेनसिं हाङ्गाम, खिनु लङ्वा लिम्बू, जयप्रकाश चौधरी, गोपालबहादुर विश्वकर्मा, निरन राई, निरादेवी खनाल, वुद्धिकुमार राजभण्डारी, मैयाँ श्रेष्ठ, राजेन्द्र कार्की, सुनिता गच्छदार चौधरी र सम्झना तामाङ थाम्सुहाङ परेका छन् ।

यस्तै, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा अमृतकुमार अर्याल, इन्द्रमणि पराजुली, एकराज कार्की, खड्गबहादुर बस्नेत
गोविन्द गिरी , डोल्मा तामाङ, तिलकुमार मेन्याङ्बो लिम्बू, निमसरी राजवंशी, नुरसदी बेगम, बन्दना झाँगड, मोहन महर्जन र
रामप्रसाद महतो परेका छन् ।