४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जित्यो



अ+ अ-

काठमाडौं । नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । 

थेरेसे जोहाउगले नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् ।

उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन् ।

तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक रहेको छ । 

उनले ४४ मिनेट तथा १३.७ सेकेन्डमा सो दूरी पुरा गरेकी थिईन् ।

यस्तै, रुसकी नाटालिया नेपर्याइभाले ४४ मिनेट तथा ४.३९ सेकेन्डमा रजत पदक तथा अष्ट्रीयाकी टेरेसा स्टाड्लोबरले ४४ मिनेट तथा ४४.२ सेकेन्डमा कास्य पदक जित्न सफल रहिन् ।