१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जित्यो



अ+ अ-

काठमाडौं । नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । 

थेरेसे जोहाउगले नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् ।

उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन् ।

तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक रहेको छ । 

उनले ४४ मिनेट तथा १३.७ सेकेन्डमा सो दूरी पुरा गरेकी थिईन् ।

यस्तै, रुसकी नाटालिया नेपर्याइभाले ४४ मिनेट तथा ४.३९ सेकेन्डमा रजत पदक तथा अष्ट्रीयाकी टेरेसा स्टाड्लोबरले ४४ मिनेट तथा ४४.२ सेकेन्डमा कास्य पदक जित्न सफल रहिन् ।