• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ । सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो । यससँगै, तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले घटेर एक लाख १४ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितोला एक लाख १५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुजैँयाले घटेर एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।