६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी नगरका मेयरको आक्रोश: हेलिकप्टर आतंक बन्द गर



अ+ अ-

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र उद्धारका लागि खटिनु पर्ने अवस्थामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि अन्य उच्च पदाधिकारीको नियमित भ्रमणलाई लिएर स्थानीय तहमा आक्रोश उत्पन्न भएको छ ।

स्थानीयवासीले नै भिआइपीहरुको अनावश्यक भ्रमणलाई लिएर आक्रोश व्यक्त गरिरहेको अवस्थामा भूकम्पको केन्द्र भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरले पनि हेलिकप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् ।

उहाँले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भन्नुभएको छ, बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर। सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज।

मंगलबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको स्थलगत भ्रमण गरी भूकम्पले गरेको क्षतिको बारेमा जानकारी लिनु भएको थियो ।

अहिले दिनहुँजसो केन्द्रदेखि प्रदेशसम्मका उच्च पदस्थहरु हेलिकप्टर लिएर जाजरकोट र रुकुम पुग्ने गरेका छन् । तर राज्यसंयन्त्रका निकायहरु उच्च पदस्थको सुरक्षामा खटिनुपर्ने भएपछि स्थानीयवासीले राहत प्राप्त गर्न कठिन महशुस गर्नु परेको गुनासो सुनिन थालेको छ ।