२८ असार २०८३, आईतवार
,
Latest
म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा रविन्सले नेपाललाई दुई स्वर्ण पदक दिलाएका हुन ।

त्यस्तै पुरुष ८८ केजीभन्दा माथिको तौल समूहमा सिजेश श्रेष्ठले नेपाललाई दुई काँस्य पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले मात्र सहभागिता जनाएका थिए ।

पदक विजेता टोलीलाई साम्बो फेडेरेसनका कार्यबाहक अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठ, उपमहासचिव कृष्णबहादुर राउतलगायतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । रासस