• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छः अध्यक्ष नेपाल



file-photo

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो । उहाँले जनजीविकाको सवालमा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताउनु भयो । उहाँले वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यतिखेर हामीले जुन मान्यता अगाडी सारेका थियौँ, त्यो मान्यता अनुरुप अगाडी बढ्यौँ । जनताको सहयोग, समर्थन, अनुमोदन पनि रह्यो । संविधान निर्माण ग¥यौँ । व्यवस्थालाई परिवर्तन ग¥यौँ । गणतन्त्र ल्यायौँ । संघीयताको स्थापना ग¥यौँ । यि सबै कुराहरुको सन्दर्भमा यि सबै कुराहरु जनअनुमोदित भइसकेका छन् । त्यस हुनाले जनताको समर्थन र जनताको विश्वास प्राप्त गरेको यो व्यवस्थाको बारेमा अरु हिसाबले कसैले केही भन्न बित्तिकै यसको पछि लाग्ने कुरा आउँदैन । पार्टीहरुको बिचमा एकता र आपसी सहकार्यको आवश्यकता छ ।

व्यवस्थाको सवालमा होस् । चाहे जनताको पीडा र वेदनाको सवालमा होस् । जनताको जनजिविकाको समस्यालाई हल गर्ने कुरामा होस् । यि सबै कुरामा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडी बढ्नुपर्छ भन्दै अहिलेपनि यस विषयमा हाम्रो धारणामा कुनै भिन्नता हुनु हुँदैन भनेर हाम्रो पार्टीको पुरै साथ, सहयोग रहने छ यो संविधान, व्यवस्था, संघीयताप्रति । व्यवस्था परिवर्तनको आवश्यकता छैन । व्यवस्था सुधारको आवश्यकता छ । व्यवस्था र अवस्थाको बारेमा मान्छेहरुको जुन भाष्य छ, त्यो भाष्य उपयुक्त होइन । व्यवस्थामा पनि सुधार गर्नुपर्छ ।’

उहाँले देशमा भ्रष्टाचार, विकृति र विसंगतिहरुको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पु¥याउनुपर्ने बताउनु भयो ।