• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सबै मिलेर यो विपत्तिको सामना गरौं ,लोकतन्त्र तपाईंहरूको साथ छ: राष्ट्रपति पौडेल -फोटो फिचर



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ । उहाँले हामी सबै मिलेर विपत्तिको सामना गर्न आग्रह गर्दै भन्नुभयो (सबै मिलेर यो विपत्तिको सामना गरौं । लोकतन्त्र तपाईंहरूको साथ छ।

भूकम्प प्रभावितहरुको अवस्था बुझ्न आज भुकम्पको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला ।”

विपतको समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै यो बेलामा एकैपटक १० वटा कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था हो भन्नुभयो ।

उहाँले जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र पीडितहरु नठगिउन भन्ने तर्फ सचेत हुन पनि सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो , “दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउदै नपाउने अवस्था नआओस । हामी सबै मिलेर विपतीको सामाना गरौ, लोकतन्त्र तपाईहरूको साथमा छ ।”राष्ट्रपति पौडेलले अहिले राजा महाराजको जमाना हैन, संघीय लोकतान्त्रिक गणतन्त्रको समय हो, जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भुकम्प प्रभावितहरूको आवश्यक प्रवन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्छ भन्नुभयो ।

राष्ट्रपतिले पौडेलले आफू विगतमा झाडापखालाका महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसंग उल्लेख गर्दै विनकाशकारी भूकम्पको यस प्राकृतिक विपत्तिमा दुःख परेको बेलामा पनि तपाईहरुसँगै छु भन्नुभयो । “यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपत्तिको दुःखद घटना हो, तपाईहरूको दुःखमा साथै रहन र राहत र उद्दारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालिन र दीर्घकालिन पुर्नस्थापनाको प्रवन्धलाई प्रभावकारी बनाउनपर्छ भनेर पनि म यहाँ आएको हु”, उहाँले भन्नुभयो ।

उहाँले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गर्नुभयो ।


सो अवसरमा बारेकोट गाउपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरी मध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराउनुभएको थियो । सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउनका लागि ठूलो चुनौती रहेको अध्यक्ष गिरीले बताउनुभएको थियो ।

भूकम्प प्रभावितहरुको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाईतेहरुलाई भेट्नुभएको थियो भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गर्नुभएको थियो । साथै भूकम्पले क्षतिग्रस्त घरहरुको पनि अवलोकन गर्नुभएको थियो ।

त्यसपछि उहाँ यसपटकको भूकम्पको केन्द्रविन्दु वनेको जाजरकोटको रामीडाँडा क्षेत्र पुग्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ ।