• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

गायक हेमन्त शर्माद्वारा किक्रेट टीमलाई ५० हजार प्रदान



काठमाडौँ । गायक हेमन्त शर्माले आफूले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरेका छन् ।

शर्माले मंगलबार बिहान नेपाली क्रिकेट टिमका खेलाडीद्वय क्याप्टेन पौडेल र कुशल भुर्तेललाई पूर्वघोषित ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गायक शर्माले यसअघि आईसीसी टि २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने घोषणा गरेका थिए ।

उनले आफूले बोलेको कुरा पूरा गर्दा खुसी मिलेको बताएका छन् ।