२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा. बद्री रिजाल



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् ।

भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन् । सरकारले अहिले भूकम्पमा परी निधन हुनेहरुको शव व्यवस्थापन र राहत उद्धार कार्य जारी राखेको छ । साथै भूकम्पपछि सोही स्थानलाई केन्द्रबिन्दु बनाइ गएका पराकम्पबाट जोगिन विभिन्न उपायहरुसहित सरकारले उद्धार र राहतका कार्यहरु अघि बढाइरहेको छ । तर भूकम्पपछि आउने जोखिमका लागि आवश्यक रणनीति बनाउनुपर्ने र स्वास्थ्यमा जोड दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले भूकम्पपछि देखिने असरहरुबारे ध्यान राखेर आवश्यक रणनीति तयार पार्नुपर्ने बताउनु भयो ।

उहाँले बालबालिका, वृद्ध र शारीरिक रुपमा अशक्त भएकाहरुलाई अहिले जाडोबाट बचाउनुपर्ने पहिलो प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनु भयो । खानपिन, चिसोबाट बचाउने उपाय र स्वास्थ्यमा विशेष ख्याल गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्तो विपद्मा, अहिलेको भूकम्प छ, यसबाट देखिने इम्प्याक्टहरु तत्काल र केही समयपछि देखिँदै जान्छ । तुरुन्तै मानिसको जुन क्षति भएको छ भने जुन बाच्नुभएका बच्चा, वृद्ध र शारीरिक अशक्त जो हुनुहुन्छ, उहाँहरुको लागि अहिले चिसोको बेला आइरहेको छ । साथै अरु किसिमका स्वास्थ्य समस्याहरु आउन सक्छन् । खानपिनका कुराहरु, खानपिन राम्रो नभएर झाडा पखाला फैलिएको ठाउँ हो । यी सबै कुरामा ख्याल गरेनौँ भने न्यानो बनाएर बस्नुपर्छ । दुर्घटनाबाट सुरक्षित रहनुभएकालाई स्वास्थ्यको हिसावले सुरक्षित राखिएन भने उपचार मात्रै भनेर हिँड्नु भएन । उपचार पछि तातो र खानपिनलाई ख्याल गर्नुपर्छ । त्यो नगरे पछि अर्को समस्या निम्त्याउन सक्छ । अर्को कुरा हाम्ीले सावधानीका कुरा अपनाउनु पर्छ । कसरी सुरक्षित हुने भन्ने छ भने अर्को समस्यामा परेकोलाई कसरी रेस्क्यु गर्ने भन्ने अर्को कुरा हो । विपद्का बेलामा सबैलाई एजुकेट गरेर टिमवर्कमा नै अघि बढ्नुपर्छ । यस्तो विपद्मा आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नुपर्छ ।’

प्राकृतिक विपद्पछि झाडापखाला, हैजा जस्ता ठूलो महामारी देखिनसक्ने अवस्थालाई ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सुरक्षित बासस्थानको अभाव र स्वस्थ खानपिनको अभावका कारण देखिनसक्ने समस्याको सम्बोधनका लागि बेलैमा आवश्यक कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

स्वच्छ खानेपानी नहुनु, उचित बास्थानको अभाव हुनुले विपद्पछिका दिनमा ठूलो समस्या निम्तिएको नेपालको इतिहासबाट पाठ सिकेर सरकार र सबै निकायले एकजुट भइ काम गर्नुपर्नेमा जोड दिनुभयो ।