• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

वायु प्रदुषण बढ्दै गएपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द



एजेन्सी । वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन् ।

भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आईतवार घोषणा गर्नुभयो । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भएपनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताउनु भयो ।

दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आईतवार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । विगत केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रहरू धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।

नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा दिल्लीमा वायु प्रदुषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेष गरी पञ्जाव र हरियाणाका किसानहरूले पराल जलाउनुलाई प्राय: प्रमुख कारणको रूपमा उद्धृत गरिएको छ । अन्य कारणमा सवारी प्रदुषण समावेश छ ।