३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर्स फोरमद्वारा २५ लाख सहयोग



फाईल फोटो
अ+ अ-

काठमाडौँ  : शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमले रु २५ लाख सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा आज बसेको उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि रु २५ लाख सहयोग गर्ने निर्णय गरेको फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

उक्त बैठकले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निधन भएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । जाजरकोट भूकम्पमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना उक्त बैठकले गरेको छ । रासस
–––