२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समितिले जाजरकोट भूकम्पसँग सम्बन्धित सूचना यथाशक्य छिटो सम्प्रेषण गरी उद्धार र राहतको काममा सघाउ पुर्याउने उद्देश्यले समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गरेको छ । सो संयन्त्रमा प्रमुख समाचारदाता उत्तम सिलवाल र प्रधानसम्पादक एकराज पाठक हुनुहन्छ ।

जाजरकोट भूकम्पबारे कुनै पनि व्यक्ति तथा सङ्घसंस्थाले सत्यतथ्य एवं आधिकारिक सूचना सो संयन्त्रलाई उपलब्ध गराउन सक्ने र ती सूचना राससमार्फत पुष्टि गरी यथाशक्य छिटो समाचारका रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ ।

भूकम्पले पुर्याएको जनधनको क्षति, उद्धार कार्य, राहत सहयोग तथा पुनःस्थापना, स्वास्थ्योपचार, शान्ति सुव्यवस्थालगायत समग्र व्यवस्थापकीय विषयसँग सम्बन्धित यथार्थ जानकारी चुस्तदुरुस्त एवं छिटो–छरितो ढङ्गबाट सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गराउन संयन्त्र चौबीसै घण्टा क्रियाशील रहनेछ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्थापनाकालदेखि सत्य, तथ्य र आधिकारिक सूचनामार्फत आमनागरिकलाई सुसूचित गर्दै आएको राससले जाजरकोट भूकम्पका पीडितको उद्धार तथा राहतको काम चुस्त बनाउन सूचनामार्फत सहयोग पुर्याउने उद्देश्यले संयन्त्र गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले यस विपद्का समयमा पीडितलाई सहयोग पुग्ने र उद्धार तथा राहत कार्यलाई सहज बनाउने आवश्यक सूचना उपलब्ध गराई सहयोग गर्न सरोकारवाला सबैसँग अनुरोध पनि गर्नुभयो ।

सो संयन्त्रका सदस्यहरुको सम्पर्क नं यसप्रकार छः
समाचार महाशाखा प्रमुख लामिछाने– ९८४१२८७७३८
प्रमुख समाचारदाता सिलवाल– ९८५१३३३३३४
प्रधानसम्पादक पाठक– ९८५१०३८७०७