२० श्रावण २०८३, बुधबार
,
Latest
फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै सिमितः श्रममन्त्री यादव राहदानी छपाई ठेक्का प्रकरणमा सरकारको नियतमाथि काँग्रेसले उठायो प्रश्न सरकारमाथि काँग्रेसका आरोपै आरोपः भन्यो ‘सरकारले जनविश्वास गुमाउँदैछ’ काँग्रेसको आरोप– मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सिमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र… कानून निर्माण संसदको अविच्छिन्न अधिकार, वाह्य हस्तक्षेप स्वीकार्य छैनः मन्त्री गौतम संसदको क्षेत्राधिकार र सरकारमाथि नियन्त्रण गर्ने अधिकार संसदलाई मात्र छः कानूनमन्त्री गौतम सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह नेपाल–चीनबीच सांस्कृतिक सहकार्य विस्तार गर्ने सहमति, परम्परागत कला र पर्यटन प्रवर्द्धनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटका सात गम्भीर घाइते भेरी अस्पताल ल्याइयो



अ+ अ-

जानकी (बाँके),  : जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालमा जाजरकोटबाट सातजना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

जाजरकोटको खलङ्गाकाबाट बिहान ३ बजे एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो । घाइते बिरामीहरुको शनिबार बिहान ३ बजेदेखि नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पमा परी घाइते सातजनाको भेरीमा उपचार भइरहेको छ भने दश जनालाई हेलिकप्टरबाट राँझा ल्याइँदै छ ।

घाइते बिरामीहरुको उपचारका लागि निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताउनुभयो । बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँचवटा शय्यासमेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

प्रजिअ पोखरेलेका अनुसार हेलिकप्टरबाट ल्याइने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उहाँले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । रासस

तस्बिरः रुपनी जि एम/रासस




भर्खरै